
काठमाडौँ, जेठ २१ । श्रीलंकामा मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी० ले जनाएको छ। राजधानी कोलम्बोबाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
केही क्षेत्रमा बिजुली आपूर्ति बन्द गरिएको छ र सोमबार विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ। नौ जिल्लामा पहिरोको चेतावनी दिइएको छ ।बाढीका कारण हजारौै बिस्थापित हुनुका साथै सयौं सवारीसाधन पनि पुरिएका छन् । बाटो बाटोमा रुख ढलेका कारण सवारी आवागमन ठप्प भएको छ ।
प्रभावित जनतालाई राहत उपलब्ध गराउन सेना परिचालन गरिएको सरकारले जनाएको छ । राहत कार्यमा मद्दत गर्न तीनवटा हेलिकप्टर र उद्धार टोली तैनाथ गरिएको छ।सेनाले विस्थापितहरूलाई खाना उपलब्ध गराएको जनाएको छ । डिएमसीका अनुसार देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च ठाउँमा जान आग्रह गरीएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे