
एजेन्सी | भारतको एक गेम आर्केडमा ठूलो आगलागीू हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। पश्चिमी राज्य गुजरातको राजकोटमा रहेको भवनमा आगो र धुवाँको ठूलो मुस्लो आकाशमा उठेको देख्न सकिन्छ।
राजकोटका प्रहरी आयुक्त राजु भार्गवले बीबीसी गुजरातीलाई भने, अहिलेसम्म २४ वटा शवलाई सिभिल अस्पतालमा पठाइएको छ र केही शवहरू अझै निकालिराखेका छन्।ू धेरैजसो पीडित बालबालिका रहेको बताइएको छ। भग्नावशेषमुनि अझै धेरै पीडित फसेको आशंका रहेको छ ।
धेरै जलेको शव पहिचान गर्न गाह्रो भएको स्थानीय प्रहरीले पनि जनाएको छ । शनिबार दिउँसो बालिका र युवाहरुको भीड लागेको आर्केडमा आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले ‘विशेष अनुसन्धान टोली’ खटाइएको बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगलागीबाट आफू ूअत्यन्तै दुखितू भएको बताउनुका साथै आफ्ना प्रियजनहरू गुमाउनेहरूका साथमा रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे