
काठमाडौं, वैशाख ३०।बिदेश अध्ययन गर्ने विद्यार्थीहरूको लागि महत्वपूर्ण अवसर हब इन्टरनेशनल एजुकेसनले हात्तीसारमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८, जेठ ५, २०२४, शनिबार बहुप्रतिक्षित ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने छ।
यूके, आयरल्यान्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८+ देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीहरुलाई प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन्।
यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन्। ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर 2024 ले भाग्यशाली विजेताहरूका लागि स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै लगायतका रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्। सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्नु हुनेछ।
“यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो, “हब इन्टरनेशनल एजुकेसनका चेयर म्यान उद्वब बहादुर खड्काले जानकारी गराउनु भयो।
ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको यो लिङ्क मार्फत अग्रिम बुकिङ गर्नु पर्नेछ https://rb.gy/6ktp6h वा ०१-५३४२०९६ मा सम्पर्क गर्नुहोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे