
काठमाडौं, असोज ३ | सरकारले हालै संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा असन्तुष्टि जनाउदै देशभरका शिक्षकहरुले आजदेखी काठमाडौंमा आन्दोलन सुरु गरेका छन् ।देशभरका शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गरिरहेका छन् ।
महासंघले माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी दिइरहँदा सरकार भने वार्तामा आउन भन्दै सुचना मात्र निकालीरहेको छ । सरकारले सोमबार नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको थियो तर महासंघले वार्ता अस्वीकार गरेको छ ।उक्त विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गर्ने घोषणा गरेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् ।विभिन्न किसिमका नारा लेखिएको ब्यानर र प्लेकार्डसहित शिक्षकहरू माइतीघरमा भेला भई नारा लगाएर आन्दोलन गरिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे