
काठमाडौँ, २१ भाद्र । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको हो । उपचारका क्रममा उहाँको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उहाँको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे