
काठमाडौँ, २१ भाद्र । नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ। लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे