
काठमाडौँ , १९ वैशाख | गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ । सांसद कोइरीलाईलाई संघीय संसद सचिवालयले निलम्बन गरेको छ । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् ।
२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका सई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
तर उनी हालसम्म फरार छन् । प्रतिनिधिसभा नियमावलीमा पुर्पक्षका लागि थुनामा बस्नुपर्ने सांसद फरार रहे सदस्य स्वतः निलम्बन हुने व्यवस्था छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे