
काठमाडौँ, २० चैत । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको छ ।
उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेश गर्न जाँदा व्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे