
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलिय बैठकले ठोस निर्णय गर्न सकेन । फेरी ३ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
बैठकमा सहभागी भएका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकबाट बाहिरिएका हुन् ।
बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।
अरु सबै दलका नेताहरु बाहिरिएपछि प्रचण्डले माधव नेपालसँग कुराकानी गरिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे