
काठमाडौँ, ६ चैत । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथग्रहण कार्यक्रमसँगै आज पुनको बिदाइ गरिएको हो ।
पुनको कार्यकाल अस्ति शनिवार सकिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए ।
पुन विहिबार नै लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरीसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे