
काठमाडौं, फागुन २९ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनीविरुद्ध आठौ विकेट लिन सफल भएको छ । सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीको आठौं विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले ३० औं ओभरको पाँचौं बलमा हिला भारेलाई ७ रनमा बोल्ड आउट गरे ।
यो सहित उनको खातामा ५ विकेट भएको छ । नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई÷दुई तथा सोमपाल कामीले एक विकेट लिए। पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे