
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान प्रहरीले पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।पर्सा प्रहरीले सोमबार उक्त प्रतिवेदन पेश गरेको जनाएको छ । प्रहरीका अनुसार उनलाई जेठ ४ गते वीरगन्जको दियालो होटलबाट पक्राउ गरिएको थियो ।
उनविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा उनका युट्युब अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको प्रहरीले जनाएको छ ।
प्रसाईं गहवा माई मन्दिर दर्शन गर्न वीरगन्ज गएका थिए । यसैबीच सर्वोच्च अदालतले उनलाई सोमबारसम्म हिरासतबाट रिहा गर्न आदेश दिएको छ । प्रहरीले अब सरकारी वकिल कार्यालयको निर्णय अनुसार थप प्रक्रिया अघि बढाउने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे