धनगढी, २१ फागुन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो।
यसअघि नाउपाले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डा नमिलेसम्म सरकारमा नजाने बताउदै आएको थियो ।
त्यसपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सोही दिन सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेस सुदुरपश्चिमका संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमालेले भने मुख्यमन्त्रिमा शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अध्यक्ष प्रचण्डको प्रत्यक्ष निर्देशनमा माओवादी केन्द्रले विश्वासमा मत दिने भएको छ । योसँगै शाहले मुख्यमन्त्रिमा दुई तिहाई मत पाउने निश्चित भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे