
धनगढी, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने माओवादीले तयारी गरेको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने बताइसकेको छ ।माओवादी र नाउपाको समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट प्रचण्ड बहुमत पाउने निश्चित भएको छ । नेकपा एमालेले भने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज दिउँसो १ बजे प्रदेशसभाको बैठकमा विस्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ ।२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सोही दिन सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेस सुदुरपश्चिमका संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे