
काठमाडौँ, १५ फागुन । नेकपा एमालेका तर्फबाट मन्त्रिमण्डलमा समावेश सबै मन्त्रिहरुले सामुहिक राजिनामा दिएका छन् । आज सोमबार प्रधानमन्त्रि प्रचण्डलाई भेटेर उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेलको नेतृत्वमा सरकारमा समावेश सबै ७ जना मन्त्रिहरुले राजिनामा बुझाएका हुन् ।
एमालेबाट मन्त्री बनेकाहरूमा उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती रहेका थिए।
राष्ट्रपति चुनावको लागी प्रधानमन्त्रि प्रचण्डले गठबन्धन तोडेर पुरानो नेपाली कांग्रेस सहितको गठबन्धन ब्युताएपछि वर्खास्तीमा पर्नै डरले राजिनामा बुझाएका हुन् ।
आज बसेको नेकपा एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे