
काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ ।’
२००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव भएको उहाँको तर्क छ ।
यस्तै सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिंदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गर्ने समेत बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे