
काठमाडौं, माघ ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाहको कारण हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन्। गृहमन्त्री लामिछानेले मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई बचाउन नसक्नुन राजनीतिक दल र आफू दोषी भएको बताइका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र’ भनेका छन् ।भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको गृहमन्त्री लामिछानेले बताएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे