२०८० मंसिर १४, बिहिबार
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री दाहाल ले जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने जानकारी दिएको हो ।
भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे