२०८० आश्विन १७, बुधबार
काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाई परिवर्तन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा ल्याइएको हो ।
रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए ।
रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे