२०८० आश्विन १७, बुधबार
काठमाडौँ —शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको छ ।स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएकोअस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा स्थगित गर्न नपरोस भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ उनले भने ।
अस्पतालमा ३०० कर्मचारी कार्यरत छन् । हाल १८ जना कोभिडका बिरामी उपचार गराइरहेकामा ११ जना आइसियूमा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे