२०८० आश्विन १७, बुधबार
ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले कालो झण्डा देखाएको हो भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए ।एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।गठबन्धन र सरकार भने संशोधनको तयारीमा जुटेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे