
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले राजीनामा दिने भएका छन्। सरकारले राजनीतिक रूपमा नियुक्त भएका पदाधिकारीलाई पदबाट हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
राजीनामा दिनेमा त्रिविका उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल रहेका छन्। सरकारी निर्णयपछि विश्वविद्यालयको नेतृत्वमा परिवर्तन हुने अवस्था आएपछि उनीहरूले स्वेच्छिक रूपमा पद छोड्ने तयारी गरेको बुझिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे