
काठमाडौँ । सर्वोच्च अदालत ले व्यवसायी शेखर गोल्छा लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । उक्त आदेश बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जारी गरिएको हो ।
गोल्छाकी पत्नी सीमा गोल्छा ले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौला को इजलासले सम्बन्धित निकायलाई बन्दीलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो ।
साथै अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए त्यसको आधार र प्रमाणसहित पेश गर्न पनि आदेश दिएको छ ।
यसैबीच नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले व्यवसायी गोल्छालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे