२०८० आश्विन १७, बुधबार
राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालमा जनमतको विभाजन हुने भन्दै एक विज्ञप्ति जारी गर्नु भएको छ ।यस्तै उनले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान पनि आग्रह गरेका छन् । ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिक सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे