२०८० आश्विन १२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई बालुवाटार बोलाएर उहाँले कुनै पनि औषधिको अभाव हुन नदिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले औषधि आपूर्ति तथा व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न स्पष्ट निर्देशन दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ । निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विनोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई शुल्क घटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । सोही निर्देशन अनुसार बुधबारबाट स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको हो ।अबदेखि सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ । परीक्षण मात्रै गर्नेलाई आठ सय रुपियाँभन्दा बढी लिन नपाउने निर्णय गरिएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपियाँ शुल्क लिने गरिएको थियो । त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले एक हजार पाँच सय रुपियाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजी अस्पताल तथा ल्याबले पीसीआर परीक्षणको दुई हजार रुपियाँ शुल्क लिने गरेका थिए ।(यो समाचार आजको गोरखापत्र छ)
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे