
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीले मानवीय संवेदनशीलता नदेखाएको आरोप लगाए। उनले अहिलेको घटनाले अन्तर्राष्ट्रिय स्तरमै आलोचना आएको दाबी गर्दै यस्तो अवस्थामा पदमा बसिरहनु ठीक नहुने बताएका छन्।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर साम्पाङले लगातार विरोध गर्दै आएका छन्। उनका अनुसार यस घटनाले देशको छवि बिग्रिएको छ, त्यसैले प्रधानमन्त्रीले राजीनामा दिएर बाटो खुला गर्नुपर्ने उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे