
काठमाडौँ । विपक्षी दलहरू आज एकै ठाउँमा बसेर छलफल गर्न लागेका छन्। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ, जसलाई प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन्।
यस बैठकमा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका नेताहरूलाई पनि बोलाइएको छ। मुख्य रूपमा सरकारले संसद् स्थगित गरेर अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूले कसरी प्रतिक्रिया दिने भन्नेबारे छलफल हुनेछ।
सरकारले संसद् नचलाएरै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएपछि विपक्षी दलहरू असन्तुष्ट भएका छन्। यही विषयमा साझा रणनीति बनाउने उद्देश्यले आजको बैठक बस्न लागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे