
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ। बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ उद्योगमन्त्री गौरीकुमारीले दिइरहेकी थिइन्।
त्यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) उठेर आफ्नो स्पष्टीकरण फेरि दोहोर्याए। सभामुख डोलप्रसाद अर्यालले एक पटक दिइएको स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण दिन नपाइने भन्दै उनलाई ध्यानाकर्षण गराए। तर सांसद राईले भने कुरा नरोकी अवरोध जारी राखे।
यसपछि रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाउँदै संसद्को नियमावली अनुसार प्रश्नको उत्तर दिन अस्वीकार गर्न सकिने व्यवस्था रहेको बताए। उनले मन्त्रीले आफ्नो उत्तर स्पष्ट रूपमा दिन पाउने अधिकार भएको पनि उल्लेख गरे।
साथै झाले सांसद साम्पाङलाई बारम्बार अवरोध नगर्न र नियम कानुन पालना गर्न आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे