
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश नमानिएको भन्दै नेपाल बार एसोसिएसनले आज लालटिन बालेर विरोध गर्ने भएको छ ।
बारका अनुसार अदालत प्रशासनमा मनोमानी बढेको र न्याय प्रक्रियामा अवरोध भएको भन्दै यो प्रदर्शन गर्न लागिएको हो । उनीहरूले सर्वोच्च अदालत परिसरमै दिउँसो लालटिन बालेर विरोध जनाउनेछन् ।
कामु प्रधानन्यायाधीशले रोकिएका निवेदन दर्ता गर्न आदेश दिए पनि प्रशासनले कार्यान्वयन नगरेको बारको आरोप छ । यसलाई बारले गम्भीर गल्ती भनेको छ ।
यसैबीच, अदालतमा विचाराधीन मुद्दाबारे संसद्मा छलफल भएकोप्रति पनि बारले आपत्ति जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे