२०८० आश्विन १४, आईतबार
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक ९एआईजी०को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो सीमा हेर्न छुट्टै विभाग बनाउने गरी सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया थालिएको हो ।सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको स्रोत बताउँछ । दरबन्दी थप्ने सम्बन्धी दुवै प्रहरीबाट आएका प्रस्तावमा गृह मन्त्रालयले आन्तरिक छलफल गरी सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।
अर्थले प्रहरीमा तीन र सशस्त्रमा एउटा दरबन्दी बढाउन सहमति दिएको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीमा हाल २ वटा एआईजीको दरबन्दी छ । कार्य तथा सीमा विभाग र मानवस्रोत तथा प्रशासन विभाग रहेकोमा कार्यबाट सीमा विभाग अलग गरी सीमा सम्बन्धी मामिला हेर्न एआईजीको नेतृत्वमा सीमा विभाग बनाउने तयारी छ । त्यसकै लागि एआईजीको दरबन्दी थप्न प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।
यसैगरी प्रहरीमा प्राविधिक १ र साधारण सेवातर्फ ५ गरी एआईजीको संख्या ६ छ । साधारण सेवातर्फ अब ३ वटा थपेर ८ पुर्याउन लागिएको गृह स्रोत बताउँछ । प्रहरीमा एआईजीको नेतृत्वमा प्रदेश समन्वय विभाग बनाउने तयारी छ । त्यस्तै मानवस्रोत तथा प्रशासन विभाग फुटाएर मानव स्रोत र प्रशासन विभाग भिन्ना भिन्नै बनाउन लागिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे