२०८० आश्विन १४, आईतबार
शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने छ ताराखोला गाउँपालिकाले आयोजना गरेको एक शैक्षिक अन्तर्क्रियामा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनुभयो ासेवासुविधा र अवसरमा शिक्षकलाई विभेद गरिदैन र
यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको र आउँदो बजेट पछि कार्यान्वयनमा आउने मन्त्री पौडेलले भनुभयो ामन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन पनि खुला गरिने बताए।शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषदबाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको मन्त्री पौडेलको भनाइ छ।
मन्त्री पौडेलले शिक्षक महासंघका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको र कतिपय माग पूरा भएको बताए।मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको र संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम थालेको बताए ा मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने र ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि आफू प्रतिबद्धता रहने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे