
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन्।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्वपूर्ण प्रस्ताव संसदमा पेश गर्नेछिन्। ती प्रस्तावहरू श्रम निरीक्षण र बाध्यकारी श्रम अन्त्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धि तथा प्रोटोकलका विषयमा रहेका छन्।
आजको बैठकमा विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे