
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूप्रति सम्मानजनक भाषा प्रयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले अर्थमन्त्रीको अभिव्यक्ति सांसदहरूलाई हेप्ने र धम्की दिने खालको रहेको टिप्पणी गरे। उनले अर्थमन्त्रीले अघिल्ला सरकारका निर्णयहरूबारे बोल्ने क्रममा आफूले कम गल्ती गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाए।
उनले भने , ‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६र७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो’ नेता पुनले भने, ‘यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’
बैठकमा आर्थिक विधेयकमा गरिएको करका दर परिवर्तन र त्यससम्बन्धी सूचना बाहिरिएको विषयमा छलफल भएको थियो। यही विषयमा जवाफ दिने क्रममा अर्थमन्त्रीले प्रयोग गरेको भाषाशैलीप्रति पुनले आपत्ति जनाएका हुन्।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जिम्मेवार र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे