
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा फागुन २१ मा हार बेहोरेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलो पटक सर्लाही जान लागेका छन्। उनी आज ९बुधबार० सर्लाही क्षेत्र नं। ४ को धनकौल बजारमा हुने पार्टी कार्यक्रमका लागि त्यहाँ पुग्नेछन्।
कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा। सरोज कुमारका अनुसार थापा त्यहाँ मतदातालाई धन्यवाद दिन र ‘जरा अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न जाँदैछन्।
यस निर्वाचनमा थापा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा। अमरेशकुमार सिंहसँग पराजित भएका थिए। चुनावपछि नै धन्यवाद दिन जाने योजना भए पनि पार्टीका बैठक र अन्य कामका कारण ढिलो भएको हो। करिब दुई महिनापछि उनी आफ्नो निर्वाचन क्षेत्रमा पुग्न लागेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे