२०८१ श्रावण १२, शनिबार
प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्र । पछिल्ला राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।गठबन्धनभित्र एमसीसी पास गर्ने विषयमा भने मतभेद रहेको छ ।
माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन् भने प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गराउने पक्षमा देखिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे