
काठमाडौं । चक्रपथ विस्तार परियोजनाको दोस्रो चरणका लागि नेपाल र चीनबीच सहायता सम्झौता भएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिङले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्म करिब ८.२ किलोमिटर सडक र आवश्यक पुल निर्माण गरिनेछ। यसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग गर्नेछ।
यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार पूरा भइसकेको थियो, जसले काठमाडौं उपत्यकाको यातायात सहज बनाउन मद्दत गरेको छ। मन्त्री लम्सालले परियोजनालाई छिटो र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले पूर्वाधार विकासमा चीनको थप सहयोग आवश्यक रहेको पनि बताए।
चिनियाँ राजदूतले भने नेपालमा लगानीमैत्री वातावरण बनेमा थप चिनियाँ लगानी आउने संकेत गरेका छन्। यस परियोजनाले काठमाडौंको यातायात व्यवस्थापन अझ सुधार हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे