२०८० आश्विन १७, बुधबार
अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीले आफ्नो नयाँ अफिस पुतलीसडकमा समुद्घाटन गरेको छ। गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर कलाकार तथा संचारकर्मी शिशिर भण्डारी र मोटीभेश्नल स्पिकर तथा मनोपरामर्श दात्री रविन कटुवालले संयुक्तरुपमा कार्यालयकाे समुद्घाटन गर्नुभएको हो।
उद्घाटनका क्रममा विशेषगरी अस्ट्रेलिया अध्यनार्थ जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने क्रममा अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकको मन जितिरहेको र यस संस्था प्रति जोडिन पाउँदा आफूखुसी रहेको कुरा कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले जानकारी गराउनुभयो।
कोभिड प्यान्डामीक अझै पनि निरन्तर क्रियाशील रहेको अबस्थामा विद्यार्थीहरूको आवश्यकता र चाहना अनुसार अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीले अनुसन्धान गरी अस्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरूको कोर्स, भर्ना प्रक्रिया र अवसर उचित रूपमा विद्यार्थी र अभिभावकको सामु प्रस्तुत गर्नुपर्ने कुरा मोटीभेश्नल स्पिकर तथा मनोपरामर्श दात्री रबिन कटुवालले जानकारी गराउनुभयो।
अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीको पुतलीसडक, सूर्यविनायक भक्तपुर, इटहरी, दमक, इलाम, बिराटचोक, पोखरा, बिर्तामोड, बुटवल लगायतका स्थानहरुमा आफ्नो कार्यालय राखी विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गरिरहेको संस्थाका मेनेजर रोसन दबाडीले जानकारी गराउनुभयो। उत्कृष्ट पूर्वाधारका बीच IELTS / PTE को कक्षा संचालन गरिरहेको अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीले बिद्यार्थीहरुको सन्तुष्टि नै आफ्नो सन्तुष्टि मानेको हुनाले बिध्यार्थी र अभिभावक खुसी रहेको कुरा संस्थाका चेयरम्यान होम दवाडीले जानकारी गराउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे