२०८० आश्विन ११, बिहिबार
नेपालमा पछिल्लो २४ घण्टायता १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार २०१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।
१६ हजार ६५४ जनामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै सोहि अवधिमा २ हजार ५४० संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे