
काठमाडौँ ,२० साउन |आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन जाने निर्णय गरेको छ ।सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड भदौ पहिलो साताभित्र टुंग्याउने भएको छ ।बिहीबार मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ४ गतेका लागि संसदीय चुनावको मिति तय गरेको थियो ।
गठबन्धनमा सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।स्रोतका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा ,माओवादी केन्द्रबाट देव गुरुङ ,वर्षमान पुन छन् र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे