
काठमाडौँ ,१९ साउन |आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको जानकारी दिए ।
अधिकारीमाथि भ्रष्टाचारको आरोपमा लागेको थियो ।अधिकारीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको, वायुसेवा निगमका टिकट मनलाग्दी बेचेको, व्यवस्थापकीय सीप र पद अनुकूलको आचरण प्रदर्शन गर्न नसकेको,औचित्यबिना नै नेपाल एयरलाइन्सकाे ट्वीनेटर विमान भाडामा दिएको,गोपनीयता भंग गरेको लगायत विभिन्न आरोप उनीमाथि लगाइएकाे थियाे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे