
काठमाडौँ ,१९ साउन |नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ ।निगमले विज्ञप्ति जारी गर्दै अझैपनि पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै मूल्य घछाउन नसकिने बताएको हो ।विज्ञप्तीमा नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ उल्लेख गरेको छ ।
लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराएर पनि अझै १५ अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह समेत गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे