
काठमाडौँ, १९ श्रावण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको ठहर गर्दै १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रवक्ता श्याम प्रसाद भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा मुख्यमन्त्रि कार्यालयको कर्मचारी तथा साइकल आपुर्तिकर्तासहित १० जनाको मिलेमतोमा १० करोड ३३ लाख भन्दा बढिको भ्रष्टचार भएको ठहर गरेको हो ।प्रदेशका आठवटै जिल्लाका कक्षा आठमा अध्ययन गर्ने छात्रालाई वितरण गर्न मुख्यमन्त्री कार्यालयले चार चरणमा गरी ४१ हजार दुई सय ६२ थान साइकल खरिदमा करिब २९ करोड खर्च गरेको छ ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सीडीई, सह–लेखापालसहित १० जनाविरुद्ध बुधवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।
अख्तियारले भ्रष्टचार निवारण ऐन २०५९को सोही दफा ८ को उपदफा (४) वमोजिम कैद सजाय वा विगो वमोजिम १० करोड ३३ लाख जरिवाना गरी सो विगो वमोजिमको रकम जफत गर्न समेत माग दावी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे