
काठमाडौँ ,१८ साउन |अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् ।भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बाढीले कटान तीब्र बनाएको छ ।लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।नदीको बाँध फुटेर गाउँ पस्दा भएको क्षतिबारे पूरै तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३२ ढोका खोलिएको छ ।आज सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १ सय २५ क्युसेक पुगेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसी नदीमा पानीको बहाव बढेर पछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे