
चितवन, १७ श्रावण । नारायणी नदीमा पानीको सतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षासँगै पानीको सतह सतर्कता तह नजिक पुगेको छ ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि) नजिक पुगेको र यो बढ्दो क्रममा रहेको विभागले जनाएको हो ।
विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे