
काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
बुधबार गुरुङले सामाजिक सञ्जाल मार्फत विवाद समाधानका लागि छानबिन सिमिति गठन‚ छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसम्मका उपाय रहेको बताएका छन् ।
उपसभापति गुरुङले सार्वजनिक पद धारण गरेका व्यक्ति विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने बताएका छन्।
“गैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरा मार्फत निगरानी गरिन्छ‚” उनले लेखेका छन्‚ “सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।”
बजेट निर्माणका क्रममा अर्थमन्त्रि शर्माले आधिकृत ब्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको छ । प्रमुख प्रतिपक्षि दलसँगै गठबन्धन सरकारमा सहभागी दलका नेताहरुले समेत अर्थमन्त्रि शर्माले राजिनामा दिनु पर्नै बताउदै आएका छन् । उनको राजिनामाको माग गर्दै सडकदेखी सदनसम्म आवाज उठ्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे