
काठमान्डौ | सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट निर्माण गर्दा बिचौलियाको संलग्नता रहेको भन्दै संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन् । यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?उनले भने ।
उनले थपे दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको ।जेठ १४ गते राति व्यापारीका प्रतिनिधि राखेर अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जबोध हुन आग्रह समेत गरे ।ओलीले सरकारप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे