काठमान्डौ,२० असार| जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । पार्टीभित्र विवाद चुलिएर फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो ।
नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश भएका छन् ।
राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रलयको जिम्मेवारी दिइएको छ ।नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् ।
जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत राखेको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ ४ बजे शथप कार्यक्रम तय भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे