
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ प्रतितोला थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
यसरी शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे