
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चलिरहेको छ। बैठकमा आगामी महाधिवेशनको तयारी, पार्टीको विधानमा गर्नुपर्ने संशोधन तथा महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधिबारे छलफल भइरहेको छ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू यही बैठकबाट गरिने बताइएको छ। पार्टीका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे