
काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत आज बिहीबार बिहान ११ बजे बैठक बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। शिक्षा, खेलकुद, विज्ञान तथा प्रविधि, कानुन, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा लगायतका मन्त्रालयसँग सम्बन्धित बजेट र कार्यक्रमबारे छलफल हुनेछ।
साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका विषयमा उठेका प्रश्नको पनि जवाफ दिइनेछ। बैठकमा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्ताव सभामुखले निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे